धादिङ ४ फागुन
बेलकोटगढि नगरपालिका वडा नम्बर ३ मा निःशुल्क पाठेघरको मुखको क्यान्सर विरुद्धको शिविर सम्पन्न भएको छ ।
शनिबार सोही वडाको कुमरी स्वास्थ चौकिमा लाइन्स क्लब अफ काठमाडौ सिद्धार्थ एभरग्रीन र बेलकोटगढि वडा ३ को संयुक्त आयोजनामा सञ्चालन गरिएको स्वास्थ शिविरमा २ सय ५० जनाले सेवा लिएका छन् ।
थापाथलीका डाक्टर र नर्सहरु मार्फत स्वास्थ परिक्षण गरि पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण गर्नुका साथै आवश्यक उपचार औषधि वितरण गरिएको थियो ।
उक्त शिविरबाट स्वास्थ परिक्षणमा १० जना लाइ रिङ्ग प्रेसरि राखिएको,केहि बिरामी लाइ अप्रेसन गर्नु पर्ने भटिएको उक्त बिरामी अप्रेसन थापाथली अस्पतालमा निःशुल्क गरिने थापाथलीका डाक्टर प्रनिस पोखरेलले बताउनुभएको थियो ।
त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष कौशिला पुडासैनीले आफ्नो वडामा भएका सम्पुर्ण दिदि बहिनीहरुले वर्षौ देखि लुकाउदै आएको समस्यालाई आज चिकित्सक सामु खुलेर राख्न सक्ने भएको र उक्त समस्याको समाधानको लागि पहल गर्ने सहयोगी संस्था र चिकित्सकको समुहलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस