धादिङ २५ मङ्सिर
धादिङमा प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । यही पौष ११ र १२ गते हुने प्रतियोगिता तयारीका लागि हाल जिल्लाका विभिन्न क्लब र विद्यालयहरुमा तेक्वान्दोको प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय स्तरका विद्यालय क्लबहरुबाट खेलाडीहरु छनौट गर्दै धादिङ जिल्लाबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने अभिप्रायले प्रतियोगिताको आयोजना गर्न लागिएको राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष अमृत तामाङले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिका धादिङबेसीमा हुने प्रतियोगितामा पुम्से (pattern) र क्योरोगी (sparring) गरि २ इभेन्टमा हुने छन् । ३३ वटा मेडलको लागि प्रतिस्पर्धा हुने खेलमा २७५ जना खेलाडी सहभागी हुने छन् । खेलका लागि आवश्यक खर्च ३ लाख २७ हजार अनुमान गरिएको अध्यक्ष तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस