धादिङ २३ माघ
नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट मानेभञ्ज्याङमा सोनाम ल्होछार बिशेष कार्यक्रम हुने भएको छ ।
२८६१ औँ डुल ल्हो (सर्प) वर्गको अवसरमा बृहत सोनाम ल्होछार तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
भाषा धर्म संस्कृति हाम्रो पहिचान, जातीय र सामाजिक सद्भाव हाम्रो अभियान भन्ने मूल नाराका साथ जनआवाज युवाक्लव माने ल्होछार समिति द्धारा यहि माघ २९ गते मंगलबार सोनाम ल्होसार तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको जनआवाज युवाक्लवका अध्यक्ष ठम बहादुर गुरुङले रेडियो बिहानीलाई बताउनुभयो ।
जनआवाज युवाक्लव माने ल्होछार समितिको द्धारा आयोजित कार्यक्रममा पूर्व राज्यमन्त्री, निवर्तमान उपसभामुख, बागमती प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यता रहनेछ ।
कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक मिलन लामा, शैलेप वाईबा, सन्तोष तामाङ, रोनिश तामाङ, गायिका सिता लामा, गायक तथा मोडेल राजकिंग वाईबा, मोडेल तथा गायिका रितु तामाङको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
साथै स्थानिय झाँक्री तथा लामा नाचहरु, घोडाचडि नाच, लालि नाच र चेमा नाचको प्रस्तुती रहने र मिडिया पाट्नरको रुपमा रेडियो बिहानी रहेको छ ।
कार्यक्रम बिहान १०ः३० बजेबाट सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस