धादिङ २४ मङ्सिर
कपिल जम्कट्टेल
सुनगाभा एकेडेमी नीलकण्ठ–३, धादिङमा मङ्गलबार अतिरिक्त कृयाकलाप अन्तरगत विद्यार्थीहरुको सिर्जनात्मक कला प्रस्तुत गर्ने कार्यक्रममा विद्यार्थीहरुले पिठोबाट निर्मित विभिन्न किसिमका कलात्मक वस्तुहरुको प्रदर्शनी गरेका छन् । कक्षा १देखि ५ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु छुट्टा छुट्टै रुपमा सहभागी उक्त प्रदर्शनी प्रतियोतिामा विद्यार्थीहरुले पिठोबाट विभिन्न कलात्मक फूलहरु, खेलौना, विभिन्न जीव जनावरका आकृतिहरु आदि निर्माण गरी प्रदर्शनी गरेका थिए । प्रतियोगिताको कक्षा १–५ मा कक्षा ५ का प्रिजेन सिंखडा प्रथम, कक्षा ४ की रोशनी वि.क द्धितीय र कक्षा ४ कै जोन तामाङ तृतीय भएका हुन् । यस्तै कक्षा ६–९ मा कक्षा ९ की सम्झना तामाङ प्रथम, कक्षा ८ का राज पाण्डे द्धितीय र कक्षा ७ का आरिफ अन्सारी तृतीय भएका हुन् ।
प्रतिक्रिया दिनुहोस