धादिङ २१ माघ
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २ धाराधिरीमा सोनाम ल्होसार विशेष कार्यक्रम हुने भएको छ ।
२८६१ औँ डुल ल्हो (सर्प) वर्गको अवसरमा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
शास्त्र हराए संस्कार हराउँछः संस्कार हराए संस्कृति हराउँछः संस्कृति हराए मानव सभ्यता नै हराउँछ भन्ने नाराका साथ यहि माघ २६ गते शनिबार सोनाम ल्होसार साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहनेछ ।
कार्यक्रममा गायक यूबि मोङग्रेसा, शैलेप वाईबा, गायिका मनमाया वाईबा, मोडेल तथा गायिका रितु तामाङको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रम बिहान १० बजेबाट सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस