धादिङ २१ माघ
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेका १० वटा सामुदायिक विद्यालयमा स्मार्ट टि.भी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
वडा नम्बर ५ को पहल र सम्पूर्ण विद्यालयको साझेदारीमा उक्त सामाग्री वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
स्मार्ट टि.भी को प्रयोग गर्दा बालबालिकाले मनोरञ्जनात्मक तवरबाट हेरेर सिक्ने हुनाले सिकाई दिगो र प्रभावकारी हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ५ ले वडाको शैक्षिक विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नको विभिन्न कार्यक्रमहरु सञ्चालन गदैं आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस