कपिल जम्कट्टेल
धादिङ २३ मङ्सिर
विद्यार्थीहरुलाई सकारात्मक बानी व्यवहार, नैतिकवान चरित्रवान्, समाजसेवी, अनुशासित बनाउने उद्देश्यका साथ सुनगाभा एकेडेमी धादिङले केही महिनाबाट नियमित रुपमा ओम शान्तिसँगको सहकार्यमा कक्षा सञ्चालन गर्दै आएको छ । सोही शिलशिलामा सोमबार पनि ओम शान्तिकी प्रशिक्षक बह्म कुमारी निर्मला दाहालले विद्यार्थीहरुलाई आफू को हो ? इमान्दार कसरी बन्ने ? आदर कसरी गर्न सकिन्छ ? प्रेम के हो ? आज्ञाकारी बन्ने तरिका जस्ता विषयहरुमा विद्यार्थीहरुबीच अन्तरकृया तथा अभ्यासात्मक रुपमा कक्षा लिनु भएको हो । टच द हाइट (Touch the Light) नामक सो कक्षा सञ्चालन भएपश्चात विद्यार्थीहरुको बानी व्यवहार तथा आचरणमा सकारात्मक परिवर्तन आएको प्रशिक्षक दाहालले बताउनु भयो । हाल कक्षा ६ का विद्यार्थीहरुलाई दिइदै आएको सो प्रशिक्षण कक्षा ७ र ८ मा पनि निरन्तरता दिइने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस