धादिङ २१ माघ
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ मा रहेको निमार्चाेक आधारभुत विद्यालयले आफ्नो ६२ औँ वार्षिक उत्सव मनाउने भएको छ ।
विद्यालयले यहि माघ २७ गते भव्य कार्यक्रमको साथमा शैक्षिक समारोह समेत आयोजना गर्दै आफ्नो वार्षिक उत्सव मनाउन लागेको हो ।
शैक्षिक प्रर्दशनी कार्यक्रममा नेत्रावती डब्जोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर थापाले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
साथै वार्षिक उत्सव कै अवसरमा विद्यार्थीहरुमा शैक्षिक क्षमता अभिवृद्धि गर्न र खेल्दै सिक्दै जाने पद्धतिबाट विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ विद्यालयमा विद्यार्थी र शिक्षक दुवैको संयुक्त सहभागीतामा शैक्षिक प्रर्दशनी मेला समेत हुने भएको विद्यालयका प्रधानाध्यापक युवराज पन्तले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेन, प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवि, पत्रकार, चन्दादाता र विद्यालयका अभिभावकहरुको भव्य सहभागिता रहने विद्यालयका प्रधानाध्यापक पन्तले जानकारी दिनुभयो ।
निमार्चाेक आधारभुत विद्यालय गाउँपालिका भरि कै सामुदायिक विद्यालय मध्ये एक नमुना विद्यालयको रुपमा स्थापित भएको छ ।
प्रतिक्रिया दिनुहोस