धादिङ २१ माघ
फागुन ६ देखि १६ गतेसम्म बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ।
अखिल नेपाल कबड्डी सङ्घले आईतबार घनश्याम रोकामगरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा धादिङका प्रमोद श्रेष्ठ समेटिएका छन् । धादिङका प्रमोद आवद्ध काठमाडौं माभरिक्स केहि दिन अघि मात्रै सम्पन्न नेपाल कबड्डी लिग (एनकेएल) मा उपविजेता भएको थियो ।
टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख,काठमाण्डौबाट सोहेल इस्लाम, मेघराज गिरि र धादिङका प्रमोद श्रेष्ठ छनौट भएका छन् ।
त्यस्तै गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा रहेका छन् ।
टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ।
वैकल्पिकमा साहिल सहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी परेका छन्।
प्रतिक्रिया दिनुहोस