धादिङ २१ माघ
म्हेन्दो फोले युवा क्लब द्धारा आयोजित २८६१ औँ सोनाम ल्होसारको अवसरमा सहिद स्मृति फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा उपसना तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज एवंम संविधान सभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै चिनका लागि पूर्व राजदुत विष्णु पुकार श्रेष्ठ, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भण्डारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, अखिल क्रान्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
माघ १५ गते देखि २० गते सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा म्हेन्दो फोले युवा क्लब टिम ‘सी’ प्रथम र म्हेन्दो फोले युवा क्लब टिम ‘ए’ द्धितिय भएको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने द्धितिय स्थान हासिल गर्नेलाई रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस