धादिङ २० माघ
नेपाल राष्ट्रिय निर्माण ब्यवसायी संगठन धादिङको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय निर्माण ब्यवसायी संगठनका निर्वतमान अध्यक्ष पदम श्रेष्ठको अध्यक्षता र नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज एवंम संविधानसभा सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाबाट अध्यक्षमा युनियन बन्जरा सर्बसहमत चयन हुनु भएको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा संगित सुवेदी, उपाध्यक्षमा शंकर पण्डित, उपाध्यक्ष राजन सिंखडा, महासचिव राजाराम रिजाल सचिव श्रीराना मगर र कोषाध्यक्ष नवीन खड्का चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा प्रकाश न्यौपाने, सुजन सिटौला, गणेश श्रेष्ठ, शैलेन्द्र बहादुर सिलवाल, जनक श्रेष्ठ र गणेश कुमार श्रेष्ठ रहेको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी, नेपाल राष्ट्रिय निर्माण ब्यवसायी संगठनका केन्द्रीय महासचिब मङ्गल बहादुर शाही, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
निर्बाचित अध्यक्ष युनियन बन्जराले आफु निर्माण ब्यवसायी पेशाको सुरुवाती अवस्थाको स्मरण गर्दै आफुले धेरै समस्या र अनेकौ चुनौती हरुको सामना गर्नु परेको बताउनु भयो ।
आफुले ब्यहोरेको समस्या अब नेकपा माओवादी धादिङको सङ्गठनमा जो कोहि यो पेशा अंगाल्न चाहान्छ, उ प्रति पुर्ण साथ र सहयोग हुने बताउनुभयो । जो कोहिलाई समस्या पर्यो भने म त्यस समस्याको सामना गर्न सहयोग पुर्याउनेछु र अबको आफ्नो कार्यकालमा देखिने निर्माण ब्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम बट्टार कुरिनटारमा अवस्थित रिभर बृच रिसोर्टमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस