धादिङ १७ माघ
धादिङ आवासिय माध्यमिक विद्यालयको २८ औं वार्षिक उत्सवको अवसरमा १ दिने निःशल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोट स्वास्थ्य चौकीमा धादिङ आवासिय माध्यमिक विद्यालयले १ दिने निःशल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
उक्त शिविरमा १६७ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधीहरु वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उक्त शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहाल, जनरल फिजिसियन डा. सदिना देवकोटा लगायतका चिकित्सकहरुद्वारा सेवा दिईएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस