धादिङ १७ माघ
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा “शिक्षाको लागि भिक्षा अभियान” अन्तर्गत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञसुरु भएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सप्ताहको उद्घाटन गरिएको हो । संविधानसभा अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज एवंम संविधानसभा सदस्य पुष्पविक्रम मल्ल, बागमती प्रदेशका प्रदेश सांसद गोविन्द लम्साल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नीलकण्ठ नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेल, गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, विभिन्न वडा अध्यक्ष लगायतका पदाधिकारीहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, पालिकाका सम्पूर्ण कर्मचारी, शिक्षकहरु तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले उक्त महायज्ञबाट संकलित रकमको कोष खडा गरी गरिब असहाय बालबालिकाहरूको पठनपाठनको लागि छात्रावासको निर्माण गर्ने र निःशुल्क रुपमा पठनपाठनको व्यवस्था गर्ने बताउनुभयो ।
त्यस्तै प्रमुख अतिथी नारायणप्रसाद दाहालले यस्ता किसिमका सिर्जनात्मक कार्यहरुले सामुदायिक विद्यालयको सवलीकरण र शैक्षिक उत्थान गदै स्थानीय तहको अग्रसरता आवासिय विद्यालय सञ्चालन गरेर उत्पीडित तथा सिमान्तकृत समुदायका प्रत्येक वालवालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।
बेनीघाट रोराङ गाउँपालिकाको आयोजना र भागवत वाचिका राधिका दासीको मुखारविन्दु बाट वडा नं.७ स्थित चरौदीमा “शिक्षाको लागि भिक्षा अभियान”को लागि माघ १७ गतेदेखिसुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २३ सम्म संचालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस