धादिङ १६ माघ
सहिद दिवसको अबसरमा धादिङबेसीमा सहिदप्रति सम्मान गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहिदहरुको तस्वीरमा माल्यारपण गरिएको थियो ।
कार्यक्रममा चिनका लागि पूर्व राजदुत विष्णुपुकार श्रेष्ठ, भूमि सम्बन्धी समस्या समाधान आयोगका पूर्व अध्यक्ष एवं एमाले नेता कृष्ण अर्याल, नेकपा माओवादी केन्द्रका रामबहादुर भण्डारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, ससत्र प्रहरी धादिङबेसीका प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई एमाले नेता अर्याल, माओवादी केन्द्रका भण्डारी, पत्रकार महासंघका अध्यक्ष अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख विश्वकर्माले सम्बोधन गर्दै सहिप्रति सम्मान व्यक्त गर्दै सहिदहरुले देखाएको बाटोमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहिदको बलिदानले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जनतालाई समृद्ध बनाउन व्यवहारिक रुपमा आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने वक्ताहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस