धादिङ १५ माघ
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा अवस्थित तामाङखर्क माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिंखडा, गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर घले, विद्यालयका पूर्व प्रधानाध्यापक दिनेश प्रसाद सिंखडाको विशेष आतिथ्यता तथा कार्यपालिका सदस्य, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, विभिन्न विद्यालयका प्र.अ तथा प्रतिनिधीहरुको समेत आतिथ्यता रहेको थियो ।
विद्यालयको वार्षिक उत्सवकै अवसरमा माध्यमिक विद्यालय स्तरीय छात्र छात्रा भलिबल प्रतियोगिता समेत गरिएको थियो ।
उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयहरु
छात्र तर्फ
चिम्चोक माध्यमिक विद्यालय टिम ए – प्रथम
तामाङखर्क माध्यमिक विद्यालय टिम ए – द्वितीय
चिम्चोक माध्यमिक विद्यालय टिम बि– तृतीय
छात्रा तर्फ
तामाङखर्क माध्यमिक विद्यालय टिम ए – प्रथम
चिम्चोक माध्यमिक विद्यालय टिम ए – द्वितीय
तामाङखर्क माध्यमिक विद्यालय टिम बि – तृतीय
सम्पूर्ण विजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले संस्कृतिक नृत्य समेत प्रस्तुत गरी भव्यताका साथ सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस