धादिङ १३ माघ
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका कृषकहरूलाई घर बगैंचा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
शनिबार र आईतबार प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा संचालन गरेको उत्थानशील जनजिविका तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत घर बगैंचाको स्थापना र व्यवस्थापन सम्बन्धी २ दिने तालिम सञ्चालन गरिएको हो।
२ दिन सम्म सञ्चालन भएको तालिममा २३ जना कृषकहरूको सहभागीता रहेकोथियो ।
तालिममा घर बगैंचाको स्थापनाका लागि उपयुक्त स्थान र सामग्री छनोट, माटो व्यवस्थापन, सिँचाइ प्रणाली, र जैविक कृषि पद्धतिहरूको प्रयोगबारे जानकारी, नर्सरी व्यवस्थापन, फलफुलको रोपण र हेरचाह, च्याउ उत्पादन, र जडीबुटी बगैंचाको व्यवस्थापनका उपायहरूबारे सहजकर्ता नवराज न्यौपानेले सहजिकरण गर्नुभएको थियो।
तालिम समापनमा प्रमुख अतिथि गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले स्थानिय कृषकहरूको आय आर्जन र पोषण सुधारका लागि घर बगैंचाको भूमिका महत्त्वपूर्ण ,पोषण सुधार र जिविकोपार्जन समेत टेवा पुग्ने भएकोले कृषकहरुलाई ईमानदारीपुर्वक घर घरमा बगैंचा स्थापना र व्यवस्थापन गर्ने अभियान नै संचालन गर्नुपर्ने बताउनु भएको प्रयास नेपाल धादिङका प्राविधिक रुपेश तामाङले जानकारी दिनुभयो।
प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम संयोजक पवन प्याकुरेलले कृषक समुहका सदस्यहरुलाई घर बगैंचा स्थापना र व्यवस्थापनमा समक्ष बनाउने उदेश्यले २ दिने तालिम संचालन गरिएको र तालिम पछि समुदायमा नमुना घर बगैंचा स्थापना गर्न कृषकहरुलाई सहयोग तथा उत्प्रेरित गरिने बताउनुभयो।
कृषकहरूलाई आत्मनिर्भर बन्न र दिगो कृषि प्रणालीको अभ्यास मार्फत पोषण सुधार र आय आर्जन गर्न घर बगैंचा व्यवस्थापन तालिम सहयोगी हुने पनि फिल्ड संयोजक प्याकुरेलले बताउनुभयो।
कार्यक्रममा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा, गाउँपालिका प्रवक्ता एवंम वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, आड्रा नेपालका परियोजना अधिकृत दिलिपचन्द्र ढकाल र प्रयास नेपाल धादिङका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस