धादिङ १३ माघ
नुवाकोटको बेलकोटगढी नगरपालिकाले वडा नम्बर २ कुमरीलाई कफि उत्पादन पकेट क्षेत्र बनाउनको लागी पहल अगाडी बढाएको छ ।
वागमती प्रदेश सरकारको आर्थिक बर्ष २०८०÷८१ मा प्रस्तावित एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत कुमरीलाई कफिको पकेट क्षेत्र बनाउनको लागी सबै पक्षबिच शुक्रबार वडामा छलफल भएको थियो ।
प्रदेश सरकारको आर्थिक बर्ष २०८१÷०८२ मा बजेट सहित अनुमोदित एक वडा एक उत्पादन कार्यक्रममा बेलकोटगढी नगरपालिकाले प्रस्ताव गरेको धेरै कार्यक्रममध्ये स्विकृत कफिको लागि वडा नम्बर २ कुमरीलाई कफि उत्पादन क्षेत्र बनाउनका लागि पहल थालिसकिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभएको हो ।
नगरप्रमुख गुरुङका अनुसार प्रदेश सरकारको ६० प्रतिशत बेलकोटगढी नगरपालिकाको २० प्रतिशत र स्थानीय जनताको २० प्रतिशत गरी यस आर्थिक बर्षमा ६६ लाख रुपैयाँ खर्च गर्नेगरी कार्यक्रम सुरुवात गरिएको बताउनुभएको हो ।
शुक्रबार कुमरीमा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनाल, वडा नम्बर २ का वडा अध्यक्ष रामचन्द्र तिमल्सिना, नगरपालिकाको कृषि शाखाको कर्मचारीलगायत वडा स्थित विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधी, स्थानिय सरोकारवाला जनसमुदायको उपस्थितिमा रहेको थियो ।
कुमरीमा अरबिका कफी उत्पादनको लागी योग्य जमिन रहेको बताईएको छ ।
अरबिका कफीले बिश्वको ७० प्रतिशत बजार ओगटेको पाईन्छ । हाल बिश्वमा धेरै प्रजातिको कफि उत्पादन भएपनि अहिले प्रयोगमा आउने कफिमा रोबष्टा र अरबिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस