धादिङ मङ्सिर २२
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले हाड नाता करणी मुद्दाका फरार पराधीलाई २२ वर्षपछि पक्राउ गरेको हो । जिल्ला अदालत धादिङबाट २०५४ साल वैशाख ३१ गतेको फैसलाले १० महिना कैद र रु. १ हजार जरिवाना फैसला गरेको साविक सुनौलाबजार ४ देउरालीछापका ५३ वर्षीय अम्बर बहादुर राना मगरलाई आइतबार पक्राउ गरिएको हो । प्रक्राउ परेका राना मगरलाई जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस