धादिङ ५ माघ
धादिङबेसीमा यहि माघ १० देखि देखि २० गतेसम्म धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ हुने भएको छ ।
‘लोक संस्कृतिको प्रर्वद्धनको सारः पहिचान पर्यटन र समृद्धिको आधार’ भन्ने नाराका साथ धादिङको मौलिक कला–संस्कृतिको प्रवर्धन मार्फत जिल्लाको पहिचान, पर्यटन र समृद्धिको आधार तयार गर्ने उद्देश्यले धादिङबेसी स्थित खुलामञ्चमा हुने मुल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ र सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङको आयोजनामा सम्पन्न हुन लागेको महोत्सवलाई धादिङ उद्योग वाणिज्य संघ र धादिङ चेम्बर अफ कमर्सले प्रवर्धन गर्ने भएको छ भने संरक्षकको रुपमा नीलकण्ठ नगरपालिका धादिङ रहेको छ ।
त्यसैगरी जिल्लाका सबै नगर तथा गाउंपालिकाहरु,जिल्लाका सबै जातीय संघ संस्थाहरु र नीलकण्ठ नगर प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने छ । शनिबार धादिङमा पत्रकार सम्मेलन गर्दै महोत्सवमा कम्तिमा १ लाख दर्शक र एक सय वटा स्टल मार्फत कम्तिमा ३ करोडको आर्थिक कारोवार गर्ने अनुमान गरिएको आयोजक समितिका अध्यक्ष कमला थापा (राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ) र दीपक कोईराला (अध्यक्ष,सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङ) ले जानकारी दिनुभयो ।
महोत्सवमा जिल्लास्तरीय अन्तरपालिका लोकदोहोरी प्रतियोगिता, विभिन्न जात जातिका लोक सांस्कृतिक प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने छ ।
१० दिन सम्म सञ्चालन हुने महोत्सवमा जिल्लामा रहेका रैथाने मौलिक लोक संस्कृतिको प्रवर्धन गर्ने, लोकसांस्कृक्तिको प्रचार प्रवर्धन गरि पर्यटकीय जिल्लाको रुपमा धादिङ जिल्लालाई चिनाउने, विभिन्न जातजातीको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने, जिल्लामा क्रियाशील कलाकारहरुको प्रतिभा प्रवर्धन तथा अवसर प्रदान गर्ने, विभिन्न जातजातिहरुको पहिचान झल्किने गरि वहू सांस्कृतिक विविधताको प्रवर्धन गर्ने, संस्कृति संगै जोडिएका खाना, होटल, व्यापार तथा प्रदर्शनीहरुको आयोजना गर्ने, कृषि, घरेलु उत्पादन तथा कृषि जन्य प्रविधिको प्रदर्शनी तथा प्रवद्र्धन गर्ने, रमाइलो मेला, वालउद्यान र मनोरञ्जनात्मक खेलहरु समेत रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस