धादिङ ३ माघ
माघे संक्रान्तिको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ जामुनेमा माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार सिर्जनशील आमा समुहको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नीलकण्ठ नगरपालिका सामाजिक विकास शाखा प्रमुख मञ्जु थापा मगर, वडा नम्बर १का वडा अध्यक्ष गणेश बहादुर गुरुङ, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि दिपक विश्वकर्माले महिलाको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै महिलाको क्षमता अभिबृद्धि, विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको स्पष्ट पार्नुभयो ।
सामाजिक न्याय सुशासन र आर्थिक संबृद्धि तर्फ उन्मुख गराउन हरेक बिकास तथा कार्यक्रममा युवा र महिलालाई व्यापक सहभागी गराउदै समतामूलक समाज निर्माणको परिकल्पना रहेको उपप्रमुख विश्वकर्माको भनाई थियो । उहाँले मेयर उद्यमशीलता तालिम लगायत विभिन्न बैंक तथा सहकारीहरुसंग समन्वय गरेर सहुलियतपुर्ण कर्जा वितरण गर्न सहयोग गर्ने र कृषि क्षेत्रलाई विकास गर्नका लागि आफुले पहल गर्ने बताउनुभयो ।
साथै विभिन्न संघ तथा व्यक्तिहरूले व्यक्तिगत हिसाबमा पनि आमा समूहलाई आर्थिक सहयोग समेत गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु,सरोकारवाला संघसंस्थाहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस