धादिङ २ माघ
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा गोरु जुधाई महोत्सव तथा विविध संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार माघे संक्रान्तिको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गदै गंगाजमुना गोरु जुधाई महोत्सव तथा विविध संस्कृतिक कार्यक्रम आयोजक समितिका अध्यक्ष रामशरण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै गरी वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङको बिशेष आतिथ्यता रहेको थियो ।
माघे संक्रान्ति पर्वलाई लक्षित गरी नम्बर ५ द्धारा आयोजित कार्यक्रममा १० हल गोरु जुधाईएको थियो । गोरु जुधाईमा बिजेता तथा उपबिजेता दुबै समुहलाई पुरस्कार बितरण गरिएको नम्बर ५का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
उक्त कार्यक्रममा स्थानीय आमा समुहहरुले संस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्यहरु, पालिका कर्मचारीहरु, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक एवंम प्रतिनिधी, महिला समूह, आमा समूह, टोल विकास समितिका प्रमुख एवंम प्रतिनिधी, खानेपानी उपभोक्ता समितिका प्रमुख एवंम प्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रमुख एवंम प्रतिनिधी, सुरक्षाकर्मी तथा समाजसेवी बुद्धिजीवि व्यक्तित्वहरुको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस