धादिङ २ माघ
माघे संक्रान्तिको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा बृहत गोरु जुधाइ एंवम् सांस्कृतिक कार्यक्रम तथा रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।
बाग्मति प्रदेश सरकार मुख्य सचेतक गोबिन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान सामाजिक बिकास राज्य मन्त्री डा। राम कुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै गरी निलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडीे तथा न्यायपालिका सदस्य कमला तामाङको आतिथ्यता रहेको थियो ।
सांस्कृतिक संरक्षण पर्यटन प्रर्वद्धन केन्द्रको आयोजना, भङ्गेरी युवा क्लवको सहआयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा १० वटा हल गोरु जुधाईएको थियो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी धुवाँकोट उप शाखा धादिङद्धारा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १४ वडा कार्यलय, कुपा युवा क्लव, धुवाँकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भङ्गेरी युवा क्लव, जलआवाज युवा क्लब, शुभतारा साना किसान कृषि सहकारी संस्था लिमिटेड, सांस्कृतिक संरक्षण पर्यटन प्रर्वद्धन केन्द्र, प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धुवाँकोट सामुदायिक सिकाई केन्द्र र धुवाँकोट स्वास्थ्य केन्द्रको सहआयोजना, नीलकण्ठ नगरपालिका वडा न १४को आर्थिक सहयोग र धादिङ रक्त संञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
बिहान ८ बजे देखि साँझ ४ बजे सम्म भएको रक्तदान कार्यक्रममा २० जना पुरुष र १२ जना महिला गरि जम्मा ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धुवाँकोट शाखाका सभापति सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रमकै अवसरमा हस्तकलाको सामग्री प्रर्दशन कृषि प्रर्दशनी साथै ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको संस्कृति संरक्षण पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस