धादिङ २९ पौष
भारतमा जारी अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै खेलेका रुवीभ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन सहित गोल्ड मेडल ल्याउन सफल भएका छन् ।
रुवीभ्याली गाउँपालिकाको समन्वय र सहयोगमा दोङदेन मा.वि, च्याम्रादेवी मा.वि र लापा माध्यमिक विद्यालयबाट जम्मा १२ खेलाडी र ३ प्रशिक्षक सहितको १५ जनाको टोली भारत पुगेको थियो ।
खेलाडीहरु प्रनिल घले ३० केजी तौल गोल्ड, विवेक तामाङ ४५ केजी गोल्ड, जोसिला गुरुङ ४० केजी गोल्ड, कृस माया तामाङ ४० केजी गोल्ड, डिलरुपा तामाङ ५० केजी गोल्ड, म्यारि तामाङ काटा डेमो तर्फ गोल्ड, अनिस्का तामाङ ३० केजी कास्य तथा काटा डेमो तर्फ गोल्ड, प्रकति तामाङ ३५ केजी गोल्ड, प्रशान्त तामाङ ५० केजी कास्य र विशाल तामाङले ५० केजी तर्फ ब्रोन्ज मेडल प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा आएर खेलाडीहरुले खेलेको कराँते प्रतियोगिताले देशको सान बढाउनुका साथै खेलाडीहरुको हौसला बढनु र नयाँ अनुभव लिन ठुलो महत्व भुमिका खेलेको प्रशिक्षक ओमो तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस