धादिङ २५ पौष
१० औं मानबहादुर मेमोरियल कप ७ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
विहिबार विद्यार्थी उपकार संघको आयोजना र मान बहादुर मेमोरियल ट्रस्टको सह–आयोजनामा प्रतियोगिता शुरु भएकोे हो ।
विद्यार्थी उपकार संघको अध्यक्ष सरीता तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि मान बहादुर मेमोरियल ट्रस्टका नाम्जा तामाङ, एन्फा फुटबल धादिङका उपाध्यक्ष सुरेश तामाङको विशेष आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिका वडा नम्बर १४का वडा सदस्य कमला तामाङ, भिम बहादुर गुरुङ लगायत विभिन्न संघ संस्था तथा क्लबका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नवराज दुवाडीले मान बहादुर मेमोरियल ट्रस्ट र विद्यार्थी उपकार संघले खेल क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नु हुदै खेल मैदानको घेराबार सहितको स्तर उन्नती र कार्यक्रम स्टेजको लागी वडाबाट बजेट विनियोजन गरीएको र खेल क्षेत्र र क्लबको विकासको निम्ति सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
धादिङ जिल्लाको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगितामा विजेता टिमले नगद रु एक लाख ३१ हजार, ट्रफी मेडल र प्रमाणपत्र उप विजेताले रु ६० हजार नगद ट्रफी मेडल प्रमाणपत्र र सेमिफाइनल प्रवेश गर्ने टिमले नगद रु १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । विहिबारबाट सुरु भएको प्रतियोगितामा ३२ टिमको सहभागीता रहेको छ ।
प्रतिक्रिया दिनुहोस