धादिङ २५ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ स्थितमा शालिक अनावरण गरिएको छ ।
संविधान सभा सदस्य पुर्वमन्त्री कल्पना धमलाको पिता, दिवाङ्गत दुर्गा प्रसाद धमलाको ४५औं दिनको पुन्य तिथिमा अर्धकधको शालिक पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रिय अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका ईञ्चार्ज एवम् संविधान सभाका सदस्य पुष्प विक्रम मल्ल, बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिक राम जम्मकट्टेल, नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भिम प्रसाद ढुङ्गाना, उप प्रमुख दिपक विश्वकर्मा, लगायत धादिङ जिल्लाका शिर्ष नेताहरु, जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका नेतृत्वहरु, सामाजिक व्यतित्वहरु र आफन्तजनको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले अग्रगामी र परिवर्तनकारी दुर्गा धमलालाई सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहाँले दलितहरु प्रति अत्यन्तै सहिष्णु दुर्गा कुनै पार्टी विशेष नभई सामाजिक व्यक्तिन्वको रुपमा स्थापित भएको बताउनुभयो । गाउँ छाड्ने प्रवृती बढेको अबस्थामा घरै अगाडी सालिक अनावरण गर्नु आफैमा ऐतिहासिक भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले वायु गूठी समस्या समाधानका विषयमा छलफल भई रहेकोले अब छिटै समाधान हुने बताउनुभयो ।
त्यस्तै एमाले नेता डाक्टर रामकुमार अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलनको होची मिन्ही, लेलिन र स्टालिन सरहको नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएकोले सर्वमान्य नेता भएको जिकिर गर्नुभयो । त्यसैगरि राप्रपा नेता बुद्धिमान तामाङले अहिलेको संविधानले महिलालाई बाध्यकारी अवसर दिएको बताउनुभयो । कार्यक्रमकै अवसरमा स्वर्गीय धमलाको परिवारमा नजिक रहेर जीवन बिताएका विभिन्न दलित समुदाय र सामाजिक ब्यतित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस