धादिङ २३ पौष
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङमा गाउँपालिका स्तरीय खोप समन्वय गोष्ठी सम्पन्न भएको छ ।
मंगलबार पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोपको बिषयमा गाउँपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चार्कर्मीहरुसँग अन्तरकृया गोष्ठी सम्पन्न भएको हो ।
गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत हरेराम शाहको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष सिता माया चोदेनको बिशेष आतिथ्यता तथा वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु र सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।
पाठेघरको मुखका कोषिकाको असामान्य वा अस्वभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गाउँपालिकाकाका स्वास्थ्य संयोजक जिवन लामा तामाङले बताउनुभयो ।
एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ । नेशनल लाईबेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ ।
पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने गरेको स्वास्थ्य संयोजक तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस