धादिङ २३ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ३ महिने नियमित प्लम्बिङ तालिम सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकाको प्रवक्ता एवंम वडा नम्बर ८ को वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय गजुरीको आयोजना र नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को समन्वय सञ्चालन गरिएको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले रेडियो बिहानीलाई बताउनुभयो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको अनन्त आशा नेपालको तालिम भवनमा सञ्चालन भएको तालिममा १९ जना प्रशिक्षार्थी सहभागी रहेको थियो ।
खानेपानीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र युवाहरुलाई व्यवसायीक सिप प्रदान गर्ने उद्देश्यले तालिम प्रदान गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
३ महिना सम्म सञ्चालन हुने तालिमलाई बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय गजुरी कार्यक्रम संयोजक नवराज श्रेष्ठ, अनन्त आशा नेपालको संयोजक ध्रुव ज्ञवाली र तालिम प्रशिक्षक किसन नेपालीले सहजीकरण गर्नहुने छ ।
प्रतिक्रिया दिनुहोस