धादिङ २३ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा महिला सशक्तिकरणको नयाँ अभ्यास स्वरुप ५ दिने मादल बजाउने तालिम सम्पन्न भएको छ ।
मण्डली महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा पौष १८ गते देखि संञ्चालन गरिएको तालिम मंगलबार समापन गरिएको हो ।
सहकारीको अध्यक्ष भगवती पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको प्रवक्ता एवंम वडा नम्बर ८ को वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।
महिला सशक्तिकरण र परम्परागत सिपको जगेर्ना गर्नका लागि उक्त तालिमले टेवा पुर्याउने अतिथिहरुको भनाई रहेको थियो । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो । १३ वटा बचत समुहको २५ जनाको सहभागिता रहेको संस्थाको अध्यक्ष पौडेलले बताउनुभयो ।
५ दिन सम्म सञ्चालन भएको तालिमलाई प्रदिप अधिकारीले सहजीकरण गर्नुभएको थियो । आफ्नो जिवनमा नौलो किसिमको तालिमको अनुभव मिलेको भन्दै तालिममा सहभागीहरुले सहकारीलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस