धादिङ २२ पौष
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ चक्रदेवी टोलमा मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नाँच तालिम सुरु भएको छ ।
सोमबार एक कार्यक्रमका बिच ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पाले ७ दिने तालिमको उद्धघाटन गर्नुभएको हो ।
नेपाल मगर संघ ज्वालामुखी गाउँ ईकाइ अध्यक्ष कुल बहादुर झ्यारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पाको प्रमुख आतिथ्यता र वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
नेपाल मगर संघ ज्वालामुखी गाउँपालिकाको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङको सह आयोजनामा सन्चालन भएको तालिममा ज्वालामुखी गाउँपालिका र नेपाल मगर बौद्ध सेवा समाज जिल्ला कार्य समिति धादिङको प्राविधिक सहयोग रहेको छ । मैदी उखुबारीमा रहेको चक्रदेवी टोलमा सुरु भएको तालिममा वडा नम्बर ३,५ र ६ का गरी २४ जना सहभागि छन् ।
मगर जातिको भाषा,संस्कृति,परम्परालाई जीवन्त राख्नको लागि तालिमको आयोजना गरीएको नेपाल मगर संघ ज्वालामुखी गाउँ ईकाइ अध्यक्ष कुल बहादुर झ्यारी मगरले जानकारी दिनुभयो । तालिमले नयाँ पुस्ताहरुलाई आफ्नो रितिरिवाज र परम्पराको बारेमा थप जानकारी गराउने अपेक्षा लिएको उहाँको भनाई छ ।
२९ गते सम्म संचालन हुने तालिममा रिना गुरुङ र यम बहादुर थापाले प्रशिक्षण दिनुहुनेछ । समापनको दिन माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम गर्नुका साथै मगर जातिको संस्कृति झल्कने खानाका परिकारहरुको स्टल राखिने संघका अध्यक्ष कुल बहादुर झ्यारी मगरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस