धादिङ २१ पौष
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ मा अवस्थित पिपल टार आधारभूत विद्यालयमा जाडोको कपडा एवम् शैक्षिक सामग्री बितरण गरिएको छ ।
नेकपा माओवादी केन्द्रका निवर्तमान स्थायी कमिटी सदस्य तथा पूर्व राजदूत विष्णु पुकार श्रेष्ठको सहयोगमा पिपल टार आधारभूत विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत १६० जना विद्यार्थीलाई ट्रयाक सुट सेट वितरण गरिएको हो ।
विद्यालयको निवर्तमान प्रध्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ज्वालामुखी गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा माओवादी केन्द्रका निवर्तमान स्थायी कमिटी सदस्य तथा पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ,ज्वालामुखी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुकाजी तिवारी,नेकपा माओवादी ज्वालामुखी गाउँपार्टी अध्यक्ष कृष्णमान श्रेष्ठ र नेकपा एकिकृत समाजवादी ज्वालामुखी गाउँ पार्टी कमिटि अध्यक्ष भानुभक्त दुवाडी लगायत विभिन्न पार्टीको प्रमुख तथा प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो ।
अहिलेको मुलुक शिक्षा क्षेत्रमा अगाडी बढिरहदा केहि वर्गमा शिक्षा प्रतिको चेतनाको कमिले गर्दा विचमा नै पढाई छाड्ने कम उमेरमा विवाह गर्ने र सानै उमेरमा घर गृहस्थीमा फस्ने कारणले गर्दा पढाईलाई निरन्तरता दिन नसक्ने अवस्था आएको र त्यसलाई न्युनिकरण गर्नका लागि आधारभुत तहमा प्राप्त ज्ञानलाई जिवनमा उतार्नका लागि शिक्षक अभिभावक तथा जन प्रतिनिधीले पहल गर्नुपर्ने कार्यक्रमका अतिथिहरुले बताउनुभयो ।
उक्त सहयोग कुनै संघ संस्थाबाट नभई आफ्नै व्यक्तिगत तर्फबाट गरेको र न्यानो कपडा प्राप्त गर्दा विद्यार्थीहरु अत्यन्तै खुशी भएको नेकपा माओवादी केन्द्रका निवर्तमान स्थायी कमिटी सदस्य तथा पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षा संघको अध्यक्ष, विभिन्न पार्टीको प्रमुख तथा प्रतिनिधीहरुको,विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस