धादिङ २० पौष
सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालक संस्था सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि सञ्चालक समिति अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका ईञ्चार्ज एवम् संविधान सभाका सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी र सिद्धलेक गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख एवम् विशिष्ठ अतिथिहरुले विगत १६ वर्ष अगाडी व्यवस्था बदल्नका निमित्त साहदत्त प्राप्त गर्नुहुने सहिदहरुको स्मरण र प्राप्त उपलब्धीको संस्थागत गर्दै थप राजनितिक, सामाजिक एवं आर्थिक रुपान्तरणको महत्वपुर्ण ध्येयका साथ आम नागरिकको आवाजलाई बुलन्द पार्न निरन्तर सञ्चार क्षेत्रको भुमिका खेलेकोमा रेडियो बिहानी र सञ्चालक संस्थालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । सामुदायिक रेडियो भएको हुदा स्थानीय तह सरकारले सञ्चालन गरेको विकास तथा सुशासनको क्षेत्रलाई आम नागरिक समक्ष सर्वसुलभ सहज रुपमा नागरिकलाई सुसुचित हुने अवसर रेडियोले प्रदान गरिरहेको हुदाँ स्थानीय तह सरकारले सामुदायिक रेडियोहरुसंग सहकार्य गर्दै अगाडी बढ्नुपर्ने अतिथिहरुको जोड थियो ।
सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको वर्तमान परिस्थितिमा जनताका सामु विद्यमान रहेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको थप अभिभारालाई पुरा गर्न सहिद स्मृति सञ्चार सहकारीको अहम् भुमिका रहनजाने सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सामुदायिक रेडियो रेडियो बिहानीले २०६६ साल मंसिर १२ गते बाट ५०० वाट क्षमतामा दैनिक १७ घण्टा प्रशारण गरि समूदाय केन्द्रित सूचना समाचार विज्ञापन तथा सचेतामूलक,मनोरञ्जनात्मक कार्यक्रमका साथै गीतसंगीत,शिक्षा,स्वास्थ्य, स्थानीय सरोकारका विषयबस्तु तथा सामाजिक सुरक्षा जागरण जस्ताका सवालहरुमा रेडियो कार्यक्रम सञ्चालन गर्दै आम जनसमूदायलाई सूसुचित गर्दै आएको छ ।
९७.६ मेगाहर्ज ध्वनी तरङगसंगै अफिसियल फेसबुकपेज अनलाईन प्रसारणका साथै हाम्रो पात्रो मोबाईल एप्लिकेशनमार्फत संसारभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ ।
संस्थाको महा सचिव एवम् नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख दिपक विश्वकर्माले सञ्चालन गरिएको कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधी, विभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधी सेयर सदस्यहरु, विभिन्न सञ्चार गृहका प्रत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस