धादिङ २० पौष
देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ ।
हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना गरिँदै आएको छ ।
शनिबारदेखि माघ ६ गतेसम्म जलपन्छीको संख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिन गणना हुन लागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताउनुभयो ।
उहाँका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन हुनेछ ।
सन् १९८७ देखिनै नेपालमा एसियाली जलपन्छी गणनाकार्य नियमित रूपमा हुँदै आएको छ । गत वर्ष देशभर ४०२ स्वयंसेवकले ७९ प्रजातिका ६३ हजार ९०० जलपन्छी सूचीकृत गरेका थिए ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस