कपिल जम्कट्टेल
धादिङ २१ मङ्सिर
विद्यार्थीहरुलाई पढाइसँगै स्थलगत अध्ययन भ्रमणमार्फत नयाँ ज्ञान सिप र ऐतिहासिक, पुरातात्विक, धार्मिक, पौराणिक महत्तका विषयहरुको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यका साथ संस्थागत विद्यालयहरुमा धादिङकै सबैभन्दा पुरानो विद्यालय सुनगाभा एकेडेमी धादिङबेसीले शुक्रबार स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेको छ । सामाजिक विषयसँग सम्बन्धित उक्त अध्ययन भ्रमणमा कक्षा ६,७ र ८ का करिब ६५ विद्यार्थीहरुको सहभागिता रहेको थियो । भ्रमणका क्रममा विद्यार्थीहरुलाई गोरखा दरबार, दरबार सङ्ग्रहालय, मस्र्याङ्दी जल विद्युत परियोजना र ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको बन्दिपुरको स्थलगत भ्रमण गराइएको हो । भ्रमणका क्रममा विद्यार्थीहरुले पुराना वास्तुकला, मूर्तिकला तथा पुराना हात हतियार, धार्मिक सम्पदाहरुको प्रत्यक्ष अवलोकन गरी ज्ञान हासिल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस