धादिङ बैशाख १३
रगत दान नै जीवन दान भन्ने मूल नाराका साथै देशैभर रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको रक्तसञ्चार सेवा केन्द्रले जिल्लाका विभिन्न स्थानमा रक्तदान कार्यक्रमकोको सहजीकरण गर्दै आएको छ । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखाको आयोजना , नेपाल युवा रेडक्रस सर्कल मण्डली माध्यमिक विद्यालयको सहआयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यही बैशाख २५ गते मण्डली माध्यमिक विद्यालय गङ्गा जमुना ५, फुलखर्क, धादिङमा हुन लागेको रक्तदान कार्यक्रमको मिडिया पार्टनरका रुपमा रेडियो बिहानी, रेडियो धादिङ लगायतका मिडियाहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस