धादिङ १६ पौष
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ किचेतमा अवस्थित देउराली आधारभूत विद्यालयमा जाडोको कपडा बितरण गरिएको छ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ छेलाङ निवासी तेक्वान्दो प्रशिक्षक , खेलाडी तथा राष्ट्रीय निर्णायक धन बहादुर गुरुङको नेतृत्वमा र हाल जापानमा अध्ययनरत कल्पना गुरुङको संयुक्त आयोजनामा देउराली आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ७६ जना विद्यार्थीलाई स्वेटर र टोपी वितरण गरिएको हो ।
भौगोलिक रुपमा अत्यन्तै दुर्गम र कमजोर आर्थिक अवस्थाका कारण जाडोको समयमा न्यानो कपडाको अभावमा विद्यालय जानुपर्ने अवस्थामा रहेका विद्यार्थीहरुलाई मध्यनजर गरी उक्त कपडा वितरण गरिएको धन बहादुर गुरुङले रेडियो बिहानीलाई बताउनुभयो ।
आर्थिक विपन्नता भएका बालबच्चाहरुलाई बिद्यालय आउँदा लगाउने न्यानो पोशाकको अभाव भैरहेको अवस्थामा कल्पना गुरुङ्गको सहयोगले धेरै ठुलो राहत मिलेको कुरा प्रधानाध्यापक प्रेम बहादुर तामाङले बताउनु भयो । उक्त सहयोग कुनै संघ संस्थाबाट नभई आफ्नै व्यक्तिगत तर्फबाट गरेको र न्यानो कपडा प्राप्त गर्दा विद्यार्थीहरु अत्यन्तै खुशी भएको गुरुङले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर तामाङ, वडा नम्बर १ को शिक्षा संघको अध्यक्ष, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस