धादिङ १५ पौष
नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहद लागू हुने पक्का भएको छ ।
उमेर हद लागू गर्ने कि नगर्ने भन्ने छिनोफानो गर्न भएको आन्तरिक चुनावमा उमेर हद लागू गर्ने पक्षमा बहुमत आएको छ । उमेर हद लागू गर्नुपर्ने पक्षधरले खुला पक्षधरलाई २१ मतले पराजित गरेको हो । ३२ वर्ष उमेरहद लागू गर्नुपर्छ भन्ने पक्षमा ९ सय मत र विपक्षमा ८ सय ७९ मत आएको छ ।
उमेर हद लागू हुने पक्का भएपछि अखिल (क्रान्तिकारी) को निवर्तमान कार्यसमितिका ७० प्रतिशतभन्दा धेरै पदाधिकारी बिदा हुने भएका छन् । यो प्रावधान केन्द्र, प्रदेश र जिल्ला तहका कमिटीमा पनि लागू हुनेछ । क्याम्पसका इकाइमा यसअघि नै उमेरहद लागू भइसकेको छ ।
अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि आउँदो माघ ५ गतेदेखि चुनावी प्रक्रिया शुरू हुँदैछ । गएको असोज १० देखि १५ गतेसम्म भएको २३औं राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा विवाद हुँदा स्थगित भएको थियो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस