धादिङ १४ पौष
नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल जिल्ला समन्वय समिति धादिङको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ ।
योङ कम्युनिष्ट लिग धादिङका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका ईञ्चार्ज एवम् संविधान सभाका सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरि बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल , माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी,नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी र सचिव दिपक लामिछाने (सुवोध)को विशिष्ठ आतिथ्यता रहेको थियो । त्यस्तै विभिन्न जवस मोर्चाका प्रमुहरुको आतिथ्यता रहेको थियो ।
आईतबार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमा जिल्लाको मासिक बैठक बस्ने, वडा सम्मेलन १०४ वटा वडामा ५हजार २सय सदस्य पुर्याउने, समाजसेवा तथा जनसेवा कार्यक्रम गर्ने, खेलकुदका कार्यक्रम आयोजना गर्ने, १३ वटा पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पुष्प विक्रम मल्लले विद्यार्थी महिला किसान शिक्षकहरु माझमा संगठन विस्तार गर्दै नेकपा माओवादी केन्द्र पार्टीलाई जिल्लाकै पहिलो पार्टी बनाउन आम वाईसिएल संगठनलाई आग्रह गर्नुभयो ।
त्यस्तै वाईसिएल युवा संगठन माओवादी पार्टीको धरोहर भएका कारण युवाहरु क्रियाशिल हुनुपर्ने र समाजसेवामा लाग्नुपर्ने उपस्थित विशिष्ठ अतिथिहरुको भनाई रहेको थियो ।
प्रतिक्रिया दिनुहोस