धादिङ १२ पौष
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रको एकताको घोषणा तेस्रो पालिका सम्मेलन तथा खबरदारीसभा हुने भएको छ ।
भोली १३ गते नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ तिखाढुङमा सम्पन्न हुने सभामा प्रतिनिधीसभाका पुर्व सभामुख एवंम नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुको उपस्थितीमा सम्पन्न हुने गाउँपार्टी अध्यक्ष प्रेम बहादुर तामाङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी नेत्रावती डबजोङ गाउँपालिका कमिटीको सिङगो कमिटी माओवादी केन्द्रमा प्रवेश गरि एकता घोषणा गरिने र सरकारको जनविरोधी कदम विरुद्ध खबरदारीसभा समेत आयोजना गरिने गाउँपार्टी ईन्चार्ज उर्मिला तामाङले जानकारी दिनुभयो ।
बिहान ११ बजे देखि सुरु हुने कार्यक्रममा जनकलाकारहरुको बृहत सांस्कृतिक प्रस्तुती रहने भएकाले सम्पूर्ण नेत्रावती डबजोङ गाउँपालिका निवासी न्यायप्रेमी जनसमुदायलाई उपस्थितीको लागी अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस