धादिङ ११ पौष
धादिङबेशीमा रहेको तीलगंगा सर्जिकल आँखा केन्द्र धादिङको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तीलगंगा सर्जिकल आँखा केन्द्र धादिङका ईन्चार्ज ताम्राकारले सर्जिकल केन्द्रबाट, १४ हजार १३ जनालाई क्लिनिकल सेवा, २ हजार ३ सय ४७ जनाले ओपीडी मार्फत मोतियाबिन्दु स्क्रीनिंग, ४ सय ४ जनाले मोतियाबिन्दु शल्यक्रिया,११ हजार ३ सय ७५ जनाले औषधि प्रयोग,२ हजार ९ सय ४५ जनाले अप्टिकल प्रयोग र २ सय ९४ जनाले टेलिनेत्र विज्ञान सेवा लिएकोे जानकारी दिनुभयो ।
सर्जिकल आखा केन्द्रबाट प्रवाह हुने सेवाको दिगोपन दृष्टिकोण, एकीकृत आँखा स्वास्थ्य सेवा,स्वास्थ्य बीमा कार्यान्वयन,बहु सरोकारवाला संलग्नता ,गुणस्तरीय सेवा प्रदान सहित साझेदारहरूबाट पूर्वाधार र उपकरणको सहयोग, टोली प्रेरणा र प्रतिबद्धता,आँखा स्वास्थ्य एड्भोकेसी, जागरूकता र प्रचार गतिविधिहरुको बारेमा ताम्राकारले चर्चा गर्नुभएको थियो ।धादिङ जिल्लामा भएको ४ वटा गाउँपालिकाहरु, खनियाबास गाउँपालिकाबाट ८ सय ८ जनाले, गंगाजमुना गाउँपालिकाबाट ६ सय ६२ जनाले, गजुरी गाउँपालिकाबाट २ हजार ३ सय १७ जनाले र ज्वालामुखी गाउँपालिकाबाट ७ सय ६५ जनाले सेवा लिन सफल भएका छन् ।
साथै उक्त कार्यक्रममा संस्थाले गर्ने सेवाको गुणस्तरियता, अस्पतालको राम्रो पक्ष, सुधार्नुपर्ने पक्ष, आगमी कार्यक्रमहरुको बारेमा अन्तरक्रिया गरिएको थियो । साथै कार्यक्रममा सहभागिहरुले अस्पतालको सेवालाई अझ गुणस्तरीय र अझ सेवाको दयरालाई थप गर्दै लैजानको लागि आफ्नो आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति धादिङको प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस