धादिङ ११ पौष
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा संविधानसभा सदस्य दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि संविधानसभा सदस्य पुर्वमन्त्री दिलमान पाख्रिन
आफ्ना भनाईहरु राख्दै गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल
गाउँपालिकामा रहेको ५ वटा माध्यमिक विद्यालयको सहभागीता रहने पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल लगायत एथ्लेटिक्स विद्याका सम्पुर्ण खेलहरु प्रतियोगितामा समावेस गरिने भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत शुसिला ङयाङजोले जानकारी दिनुभयो ।
गाउँपालिकाका पुर्व अध्यक्ष उपाध्यक्ष, जनप्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी, समाजसेवी स्थानीय जनता सहभागी रहेको उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ स्थितका चौतारा माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरु
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ स्थितका महेन्द्र बाराही माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ स्थितका मंगलादेवी माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु वडा अध्यक्ष ठाकुर गुरुङको साथमा
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ स्थितका निरञ्जना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु वडा अध्यक्ष ठाकुर गुरुङको साथमा
प्रतिक्रिया दिनुहोस