धादिङ ११ पौष
धादिङको धुनिबेशी नगरपालिका वडा न ५ मा अवस्थित श्री महादेवस्थान माध्यमिक विद्यालयको ३६औँ वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नगर उपप्रमुख सुरज उप्रेतीको विशेष अतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै नगर प्रमुख आचार्यले महादेवस्थान माध्यमिक विद्यालयलाई दक्षिणी पुर्वी धादिङ कै उत्कृष्ट शैक्षिक हबको रुपमा बिकास गरिने बताउनुभयो र अतिथिहरुले पनि यो विद्यालय जिल्लामै अब्बल विद्यालय रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्ब प्रधानाध्यापक सम्मान, पुर्ब शिक्षक सम्मान र एसईई सर्बोत्कृष्ट हुने बिध्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
त्यसै गरी विध्यार्थीहरुलाई तुलसा रुपाखेति स्मृति छात्रवृत्ति प्रदान , महादेवस्थान तेक्वान्दो एकेडेमीको खेल प्रदर्शन र कक्षागत रुपमा कक्षा २ देखि १० सम्मका विध्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरिएको थियो ।
त्यसै गरी विद्यालयका प्रधानाध्यापक केशबप्रसाद रुपाखेतिद्धारा आर्थिक वर्ष २०८०÷०८१को आर्थिक प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर राईले सञ्चालन गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न खेलकुदमा सहभागी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, जनप्रतिनिधी, समाजसेवी राजनैतिक दलका प्रतिनिधी, पुर्व विव्यस समिती, अभिभावक विद्यार्थीहरुको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस