धादिङ १०
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको धादिङ अस्पताल, धादिङको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनित गरिएको छ ।
सापकोटालाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको हो ।
मिति २०८१ पुष ७ गतेको निर्णयानुसार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरि दफा २६क. उपदफा (२) बमोजिम धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा सापकोलाईलाई मनोनित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।
सापकोटा नेकपा एमाले धादिङका सचिव एवम सहयात्री समाज नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस