काठमाण्डौँ ६ पौष
धादिङको ज्वालामुखी गाउँपालिकामा विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको छ ।
शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि तक्षशिला एकेडेमी काठमाण्डौँको सहयोग तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीको समन्वयमा ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ स्थितमा रहेको खड्गदेवी आधारभुत विद्यालयमा अध्ययनरत ६३ जना विद्यार्थीहरुलाई न्यानो कपडा(स्कुल पोषाक)तथा स्टेशनरी सामाग्री हस्तानतरण गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी लिमिटेडका अध्यक्ष मनराज भण्डारी शैलेस, तक्षशिला एकेडेमीका प्रिन्सिपल नेत्र न्यौपाने, सञ्चालक झम्का सिटौला, मोधराज पाण्डे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी विद्यालयका शिक्षक शिक्षिका, अभिभावक लगायतको भव्य सहभागीता रहेको थियो ।
जाँडोको समयमा विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री प्रदान गरिएकोमा शिक्षक विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । नेकमा माओवादी केन्द्रको जिल्लाकै नेताहरु उपस्थित भएकोमा ज्वालामुखी गाउँपालिकाका स्थानीयहरु हर्षित भएका छन् । सरकारबाट बाहिर आएसंगै नेकपा माओवादी केन्द्रले जनप्रिय माग र मुद्धामा महत्वमपुर्ण एजेण्डा बनाई विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस