धादिङ ६ पौष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्ण सारु मगरलाई सम्मान गरेको छ ।
शुक्रबार धादिङबेशी स्थित नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको कार्यालयमा एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष मगरलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मगरले चुनावी मैदानमा रहदा गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताउनुभएको छ। उहाँले ‘राजतिनिक संगठन भन्दा पनि माथि उठेर फोनिजलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
पत्रकार महासंघ र फोनिजको गरिमा, साझा र व्यवसायिक चरित्र कायम गर्न गुनासोरहितको काम गर्दै संस्थाको गरिमा अझ थप उचाईमा पुर्याउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिका कोषाध्यक्ष शंकर श्रेष्ठले कृष्ण सारु मगरको जीतले सिंगो फोनिजकर्मीमा आशाको दियो बालेको बताउनुभयो।बागमती प्रदेशको अध्यक्षको नेतृत्वमा पुग्नु सामान्य कुरा नभएको भन्दै श्रेष्ठले यो कार्यकालमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशले निकै फड्को मार्ने विश्वास लिएको बताउनुभयो ।
यस्तै फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले सारु मगरलाई बधाई दिदै सिंगो फोनिजको जित रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस