धादिङ ६ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा रहेको काफल छाप आमा समुहको कार्यलय भवन एवम् शिव मन्दिर उद्धघाटन गरिएको छ ।
समाजसेवी भेषराज ठकुरीको एकल लगानीमा निर्माण सम्पन्न भएको आमा समुहको कार्यलय भवन एवम् शिव मन्दिरको शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गर्दै उद्धघाटन गरिएको हो । काफलछाप आमासमुहको अध्यक्ष धनमायाँ गिदेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै विशेष अतिथिहरुमा नीलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्य लक्ष्मण रम्तेल, नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ, समाजसेवी भेषराज ठकुरी, पुर्व वडा अध्यक्ष यम बहादुर गुरुङ, विभिन्न आमा समुह हरु, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि विश्वकर्माले महिलाहरुले पनि पुरुष सरह कार्य गर्न सफल भएको बताउनुभयो । उहाँले महिलाहरुले पनि अवसर प्राप्त गर्यो समाजको हरेक काम कारवाहीलाई नेतृत्व गर्न सक्षम हुनुहुन्छ भन्ने सन्देश उक्त कार्यक्रम मार्फत प्राप्त भएको बताउनुभयो । आमा समुहको सशक्तिकरण गर्ने आमा समुह मार्फत नेतृत्व विकास गर्ने, महिलाहरुलाई तालिम प्रदान गरेर दक्ष र क्षमतावान बनाई समाजमा स्थापित गराउन सहयोग गर्ने समाजसेवी भेषराज ठकुरीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै वडा अध्यक्ष श्रेष्ठले सदैव वडावासीको विकास र सशक्तिकरणको लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडावासीको हितको लागि सदैव आफु तत्पर रहेको बताउनुभयो ।
विशेष अतिथि कार्यपालिका सदस्य रम्तेलले आमा समुहलाई अझै सचेत र सक्षम बनाएर अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले सम्पुर्ण आमा समुहहरुलाई आत्मनिर्भर बनाउने तर्फ अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो एकल लगानीमा निर्माण सम्पन्न गरि आमा समुहलाई हस्तान्तरण गर्ने ठकुरीलाई समेत सम्मान गरिएको थियो । साथै कार्यक्रमकै अवसरमा चक्रदेवी आमा समुहलाई नयाँ बाजा हस्तान्तरण गरिएको थियो । भने काफलछाप आमा समुहलाई सहयोग गर्ने सहयोगी हरुलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस