धादिङ ४ पौष
पृथ्वी राजमार्ग अन्तरगत नागढुङ्गा देखि मुग्लिङ सडकखण्ड आईतबारदेखि आंशिक रुपमा बन्द हुने भएको छ ।
विहिबार जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना प्रकाशित गर्दै नागढुङ्गा देखि मुग्लिङ सम्मको सडक खण्डमा मोड सुधार गर्न हिल स्लोप कटान लगायतको कार्यहरु गर्ने भएकाले पौष ७ गते आईतबारदेखि १३ गते शनिबार सम्म आंशिक रुपमा सडक मार्ग बन्द रहने जनाएको हो ।
साथै सुचनामा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधन संचालनमा आंशिक रोक लगाईएको र उक्त अवधिमा ट्राफिक नियमको पालना गरी सवारी साधन विश्राममा राख्दा लेन अनुशासन कायम राख्नु हुन र लेनमा सवारी कायम रहँदा ओभरटेक नगर्न समेत अनुरोध गरिएको छ ।
जस अन्तरगत मलेखु–मुग्लिङ खण्डको विशालटार क्षेत्र,नौबिसे–मलेखु खण्डको पोखरे क्षेत्र र धुनीवेशी नगरपालिकाको वडा. नं. ९, नागढुंगा सुरुङ्ग मार्गको सिस्ने खोला क्षेत्र आंशिक रुपमा बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस