धादिङ १ पौष
नेकपा माओवादी केन्द्र खनियाबास गाउँ समिति धादिङको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भएको भेलाले आश बहादुर तामाङ (चट्टान)को अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा च्याङ्बाराम तामाङ, अन्य उपाध्यक्षहरुमा वीर बहादुर तामाङ र सन्दिप स्याम्चेन तामाङ, सचिवमा परेम बहादुर तामाङ, कोषाध्यक्षमा युबराज सुनार, सह सचिव फुलमाया तामाङ निर्विरोध चयन भएका छन ।
उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्र खनियाबासका वरिष्ठ उपाध्यक्ष च्याङ्बाराम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका ईञ्चार्ज एवम् संविधान सभाका सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी,नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी, प्रदेश सदस्य एवम् गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, पालिका इन्चार्ज मंग तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस