धादिङ २५ मंसिर
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
गंगाजमुना गाउँपालिकाको आयोजनामा तथा प्रयास नेपाल धादिङ र आड्रा नेपालको साझेदारीमा सम्पन्न भएको हो ।
लैंगिक हिंसा विरुद्ध सचेतना फैलाउने उद्देश्यले आयोजना प्रतियोगितामा शिवालय माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै महालक्ष्मी माध्यमिक विद्यालय दित्तिय, मण्डली माध्यमिक विद्यालय तृतिय र बद्री विशाल माध्यमिक विद्यालय सान्त्वना हुन सफल भएका महिला तथा बालबालिका शाखा प्रमुख प्रमिता भट्टले रेडियो बिहानीलाई बताउनुभयो ।
प्रतियोगितामा कुल ११ माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले लैंगिक हिंसाले समुदायमा पार्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै हिंसा अन्त्यका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसै गरि सम्पुर्ण विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र र स्टेशनरी सामग्रीहरु वितरण गरिएको थियो भने सम्पुर्ण सहभागी विद्यालयहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाको अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, निमित्त प्रमुख प्रशासकिय अधिकृत मानबहादुर बोहरा,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरु, टोल बिकास समितिका अध्यक्ष एवम् प्रतिनिधी, सहकारीका अध्यक्ष एवम् प्रतिनिधी, कृषि समुहका प्रतिनिधी, आमा समुह, महिला समुह, ग्रामिण अस्पतालका प्रमुख तथा प्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले “हिंसा गर्दिन, सहदिन, र देखेमा प्रतिकार गर्छु“ भन्ने संकल्प गर्दै हस्ताक्षर गरेका थिए ।
१६ दिने अभियान अन्तर्गत यस अघि गंगाजमुना गाउँपालिकाका विभिन्न वडाहरूमा सडक नाटक, लोकगीत प्रतियोगिता, विद्यालयहरूमा सचेतनामूलक भिडियो प्रदर्शन, महिला तथा कृषक समूहमा अभिमुखीकरण ,लैगिक हिंसा बिरुद्धका सचेतनामुलक ब्रुसर वितरण लगायतका कार्यक्रमहरू संचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस