धादिङ २५ मंसिर
धादिङमा ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारको अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मंगलबार धादिङबेशीमा नीलकण्ठ नगरपालिकाको आयोजना तथा विभिन्न संघ संस्थाको सहकार्यमा धादिङमा मानव अधिकारको अवस्थासँगै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा कार्यक्रम गरिएको हो ।
नीलकण्ठ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक मन्जु रानाको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले जिल्लामा हुने गरेका मानव अधिकार उल्लंघनका घट्नाहरुको बारेमा सरकारी तवरबाट मात्रै नभई नागरिकहरुको तर्फबाट पनि चासो दिएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी सिताराम अधिकारीले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको बारेमा जानकारी गराउनुभएको थियो । साथै जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा मानव अधिकारको अवस्थालाई सुधार गर्नुपर्ने आवश्यकता र आगामी रणनीतिहरूलाई प्राथमिकतामा राख्ने विषयमा छलफल समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस