धादिङ २५ मंसिर
जिल्ला अस्पताल धादिङको ४८ औं वार्षिक उत्सवको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धादिङ अस्पतालको परिसरमा मंगलबार बिहान १० बजे बाट अपरान्ह ४ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा महिला १८ जना पुरुष ६२ जना गरि जम्मा ८० जनाले रक्तदान गरेको छ ।
जिल्ला अस्पताल धादिङको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
साथै भोली बुधबार सम्पन्न हुने अस्पतालको ४८ औं वार्षिक उत्सव समारोहको सम्पुर्ण तयारी सम्पन्न भएको अस्पतालका अस्पताल निर्देशक गगन अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस